शैक्षिक माफियाको नाइके बन्दै सरकारः नेता महर

रिपोर्ट नेपाल | 2019 Apr 17 | 12:01 pm 2073

धनगढी, वैशाख ४ : नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका नेता नैनसिंह महरले केपी शर्मा ओली नेतृत्वको सरकार शैक्षिक माफियाको नियन्त्रणमा रहेको बताएका छन्। साेमबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महरले सरकार माफियाको नियन्त्रणमा रहेकाले शिक्षा क्षेत्र तहसनहस पारिरहेको आरोप लगाएका हुन्।

‘सरकारको मिलेमतोमा नै विद्यालय र कलेजमा अनियमित तरिकाले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी चर्को शुल्क बृद्धि गरिएको छ,’ उनले भने । सरकारको यस्तो क्रियाकलापको खिलापमा विद्यार्थीहरुले आन्दोलित हुनुको विकल्प नरहेको नेता महरले बताए। उनले विद्यार्थी र अभिभावकको ढाड सेकिने गरि भएको शुल्क बृद्धि तल्काल फिर्ता गर्न समेत माग गरे।

गरिव किसानका छोराछोरीले चर्चो शुल्क तिरेर उच्च शिक्षा हासिल गर्नसक्ने अवस्था नरहेको प्रति सरकार गम्भिर हुनुपर्ने उनको भनाई छ।

एक अर्को प्रसंगमा महरले पोखरा विश्व विद्यालयका पदाधिकारी र कलेज संचालकहरुको मिलेमतोमा गैरकानुनी तवरले ४२ कलेजमा ४ सयको हाराहारीमा विद्यार्थी भर्ना गरिएकोले दोषीमाथि कारवाहीको माग गरे। विद्यार्थीको पढने र परिक्षा दिन पाउने अधिकारको भने उचित प्रवन्ध सरकारले मिलाउनु पर्ने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.