शेयर बजार आज उकालो लाग्यो

रिपोर्ट नेपाल | 2018 Oct 30 | 06:19 pm 2868

काठमाडौँ, कात्तिक १३ :  लामो समय देखि लगातार घट्दै आएको शेयरको मूल्यमा आज मंगलबार भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्चजकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४३ बिन्दुले बढेर एक हजार २ सय २४ दशमलब ४३ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ५८ बिन्दुले बढेर २ सय ६० दशमलब ४३ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भएको भएपनि कारोवार रकम भने घटेको छ । कूल १ सय ६३ कम्पनीको नौ लाख २४ हजार ६ सय ६५ कित्ता शेयर २२ करोड १८ लाख चार हजार ४ सय ०६ मूल्यमा खरिद बिक्री भएको छ ।

आज भएका कारोवारमा दश उपसमूह मध्ये तीन उपसमूहको शेयर भने घटेको छ, सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल १२ दशमलब ८२, जलविद्युत् पाँच दशमलब चार र माइक्रोफाइनान्स एक बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ नौ दशमलब १२, विकास बैंक १० दशमलब २१, वित्त शुन्य दशमलब ३९, निर्जीवन बीमा २२ दशमलब ९९, उत्पादन १३ दशमलब शुन्य तीन, अन्य पाँच दशमलब १३ र जीवन बीमा २३ दशमलब ६७ बिन्दुले बढेको छ ।

स्टककाअनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले कमाएका छन् भने अपि पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.