काठमाडौं, भदौ २७: लामो समयदेखि रोकिएको मलेसियामा रोजगारिका लागि जाने कामदारको प्रकृया अव भने खुला हुने भएको छ । मलेसिया रोजगारीका लागि जाने प्रकृया रोकिएपछि व्यवसायी जति पीडित थिए त्यो भन्दा बढी पीडित गरिब नेपाली युवा थिए ।
सबै भन्दा बढी रेमिट्यान्स भित्रिने देश मलेसियामा कामदार जान नपाएपछि अर्बौ रुपैयाँ रेमिट्यान्स भित्रिन सकेको थिएन । यही कुरालाई गम्भीरताका साथ लिएर श्रममन्त्री गोकर्ण बिष्टले ढिलो गरेपनि अत्यन्तै राम्रो गरेर मलेसिया प्रकृया खुला गर्ने बाटो खोलिदिएका छन् ।
मलेसियन सरकारसँग नौ बुँदे समझदारी गर्दै अब कामदार मलेसिया जाने बाटो खुलेको छ । मलेसिया जाँदा शुन्य लागतमा अब कामदार जान पाउने भएका छन् । न्यूनतम पारिश्रमीक तीस हजार हुने सम्झौता गरिएको छ ।