शुक्रबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

रिपोर्ट नेपाल | 2020 Feb 06 | 02:16 pm 1357

काठमाडौं, माघ २३: प्रमुख प्रतिपक्षी दल कांग्रेसका पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारको मुद्दालाई लिएर नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

कांग्रेसका संसदहरुले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार प्रकरणमा मुद्दा चलाएको आरोप लगाउँदै बैठक अवरुद्ध गरेको हो ।

सरकारले अख्तियारको प्रयोग गरेर कांग्रेस र अन्य नेताहरुप्रति असमान र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

उक्त कारण बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.