शुक्रबार हिरासतबाट भागेका अभियुक्त शनिवार पक्राउ

| 2023 Jul 01 | 05:50 pm 1829

काठमाडौं, असार १६ । इलाका प्रहरी कार्यालय ढोढरी बर्दीयाकाे हिरासतबाट फरार भएका  ज्यान मार्ने उद्याेगका  दुई प्रतिवादी शनिबार दिउसाे पक्राउ परेका छन् ।

ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका मधुवन नगरपालिका–५ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली साेही नगरपालिकाकाे बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बर्दीयाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.