शिर झुकाउन तयार हुने तर सभापति देउवा समक्ष नझुक्ने कोइराला समुहको अडान

| 2022 Jan 05 | 06:23 pm 1165

काठमाडौँ पुस २१: महाधिवेशन सकिएको केहि दिन पछि नेपाली कांग्रेसको संस्थापन इतर पक्षको आज बसेको भेलाले आउँदो स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्नेमा एकमत देखिएको छ। भेलामा बरु शिर झुकाउन तयार हुने तर सभापति देउवा समक्ष नझुक्ने भन्ने बिषयमा छलफल भएको बुझिएको छ।

बुधबार संस्थापन इतरको समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा कोइरालाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन्। उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धन हुँदैन । कांग्रेस एक्लै चुनाव लड्नुपर्ने कुरामा हामी अडिग छौं।’

महामन्त्री थापाले समीक्षा बैठककै क्रममा डा कोइरालाकै भनाइमा जोड दिएका छन्। उनले पार्टीले एक्लै चुनावमा जाने वातावरण बनाउने चाहना समेत व्यक्त गरेका छन्। उनले बैठकमा भने, ‘चुनावसम्म सरकारको गठबन्धन रहन्छ, तर चुनाव कांग्रेस एक्लै लड्छ। पार्टीले त्यो वातावरण बनाओस्।’

उपसभापति गुरुङले कांग्रेस तन्दुरुस्त भएका कारण गठबन्धनको वैशाखी टेक्न नहुने धारणा राखेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा भने गठबन्धन निर्वाचनसम्मै जानसक्ने संकेत गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.