काठमाडौं, चैत्र ८ : शिक्षामन्त्री गिरिराजमणि पोखरेल एक्कासी अस्पताल भर्ना गरिएका छन् । मन्त्री पोखरेललाई फुड प्वाइजन भएपछि बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका हुन् ।
मन्त्री पोखरेललाई डा पारस आचार्यको टोलीले उपचार गरिरहेको र उनको अवस्था सुधारोन्मुख रहेको शिक्षामन्त्रीका सचिवालयका विनोद न्यौपानेले जानकारी दिए।
स्वास्थ्यमा समस्या भएपछि उनी जाँचका लागि भरोसा अस्पताल गएका थिए। त्यहाँ चिकित्सकले भर्ना हुन सल्लाह दिएपछि मन्त्री पोखरेल पाटन अस्पतालमा गएका थिए।