काठमाडौँ असोज ५ | नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले नेपाली कांग्रेसले विधेयकको विषयमा छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाएको बताएका छन ।
कांग्रेसले विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न र पार्टीको एकीकृत धारणा बनाएर अगाडि बढ्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाएको हो।
शिक्षा विधेयक विषयलाइ लिएर शिक्षक आन्दोलित भएकाले यसमा एकीकृत धारणा तय गर्नु आवश्यक रहेकाले संसदीय दलको बैठक बोलाइएको लेखकले जानकारी दिए।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका छन्।