शिक्षा अधिकृत पौडेल १ लाख घुसहित पक्राउ

| 2023 Mar 10 | 08:17 am 1869

काठमाडौं, फागुन २६ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको छ ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा गएको अख्तियारको टोलीले सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पौडेलको कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.