शिक्षकहरूको मागलाइ विधेयकमार्फत् ग्यारेन्टी गर्नुपर्छ : गगन थापा

| 2023 Sep 22 | 01:07 pm 1861

काठमाडौँ असोज ५ | काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षासम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका छन्।

थापाले विद्यालय शिक्षासम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरूलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।

थापाले संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगीत गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरे।

शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत् गर्नुपर्नेमा थापाले जोड दिए । अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने थापाले धारणा राखे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.