शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवहाक प्रधानमन्त्रीको निर्देशन

| 2023 Sep 22 | 01:27 pm 1305

काठमाडौँ असोज ५ | विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित विरोध गरिरहेका छन्।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति अशन्तुष्ट शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन्।

विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि १८ बुँदे माग अघि सादै नेपाल शिक्षक महासङ्घको अगुवाइमा तीन दिनदेखि देशभरका शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन्।

शुक्बार बिहान रक्षा मन्त्रालयमा उनले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरूसँग छलफल गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.