शालिकराम पुडासैनी प्रकरण : रवि लामिछानेसहित ३ जनाले नै पाए सफाइ

रिपोर्ट नेपाल | 2020 Jan 19 | 06:09 pm 1412

काठमाडाैं, माघ ५ : सञ्चारकर्मी रवि लामिछाने र पत्रकार युवराज कँडेलले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले आज लामिछाने र कँडेलसँगै र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।

भिडियोलाई मात्र विश्वसनीय प्रमाण मान्न नसकिने भन्दै न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित तीनै जनालाई सफाइ दिएको उनका वकिल वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पत्रकारद्वयलाई दुरुत्साहन गरेको आरोप लागेको थियो । पूर्वसहकर्मी पुडासैनीले लामिछाने लगायत ३ जनाको नाम लिएको भिडियो छाडेर आत्महत्या गरेपछि उनीहरूलाई गत साउन ३१ गते पक्राउ गरिएको थियो ।

जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । शालिकरामले नाम लिएकी कार्कीलाई भने त्यतिबेला साधारण तारेखमा छाडिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.