शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, लाठी चार्ज र पानीकाे फाेहाेरा

रिपोर्ट नेपाल | 2020 Jun 09 | 03:49 pm 3919

काठमाडाैं, जेठ २७ः कोरोना महामारीले बिकराल रुप लिइरहँदा पनि भ्रष्टाचारमा लिप्त सरकारदविरुद्ध बालुवाटार अगाडि गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको छ । कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्रदर्शनमा प्रहरीको आक्रमणबाट केही मानिस घाइते भएका छन् भने केही पक्राउ परेका छन् ।

प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पिसिआर विधिबाट मात्रै गर्न, कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्न,  क्‍वारेन्टाइनहरु व्यवस्थित र सुरक्षित बनाउन माग गरेका थिए। उनीहरुले सबै नागरिकक जीवन रक्षा गर्न पनि माग गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.