‘शान्ति सुरक्षा दिन नसक्ने सरकारले यो गर्‍यो, उ गर्‍यो भन्न मिल्छ ?’- सभापति देउवा

| 2018 Dec 26 | 05:46 pm 1618

काठमाडौं, पुस ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले वाइबडी प्रकरणको यथार्थ सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका छन्।

बुधबार सुरु भएको प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठकमा बोल्दै देउवाले वाइडबडी प्रकरणको यथार्थ सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन्।

वाइडबडी प्रकरणको वास्तविकता के हो ?’, देउवाले भने, ‘यो सबैकुरा जनताले थाहा पाउनुपर्यो। यसको सत्यतथ्य बाहिर ल्याउनुपर्छ। यो बाहिर नल्याए सरकारलाई हामी त्यत्तिकै छोड्नेवाला छैनौँ।’

निर्मला हत्याकाण्डमा दोषीहरुलाई सरकारले नै बचाउने खोजेको हो कि भन्ने आशंका समेत उनले गरेका छन् । हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको भन्दै उनले भने, शान्ति सुरक्षा दिन नसक्ने सरकारले यो गर्‍यो, उ गर्‍यो भन्न मिल्छ ?’

सरकारको पहिलो काम नै शान्ति सुरक्षा दिनु भएको तर, त्यसमा असफल भएको उनले बताए । ‘सरकार नै छैन जस्तो भइरहेको छ’ पूर्वप्रधानमन्त्री देउवाले भने ।

संविधान संशोधनको मुद्दा विर्सिएको, संघीयता कार्यान्वयनमा उदासिता देखाएको, डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन भएको उनको विश्लेषण छ ।

केपी शर्मा ओलीले नै झुटो प्रचार गरेको र आफ्नो नेतृत्वको सरकारले गरेका कामलाई समेत आफ्नो भनेर प्रचार गरेको भन्दै देउवाले सरकारको आलोचना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.