शनिबार लकडाउन उलंघन गर्ने २ सय ७ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 28 | 09:12 am 1869

काठमाडौं, चैत १५: विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न मुलुकमा जारी गरेको लकडाउनमा आज पाँचौ दिन थप कडाइ गरिएको छ । यसका साथै कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन पनि कडाइ गर्दै गएको हो ।

सुरक्षाका निम्ति गरिएको लकडाउनको उल्लंघन गरेको आरोपमा शनिबार बिहानै काठमाडौंबाट २ सय ७ जना पक्राउ परेका छन् ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डीएसपी होविन्द्र बोगटीका अनुसार १ सय ९७ जना पुरुष र १० जना महिला पक्राउ परेका जानकारी दिए ।

नेपालमा अहिलेसम्म चार जनामा कोरोनको भाइरस संक्रमणको पुष्टि भएको छ । चीनको वुहानबाट आएका एक विद्यार्थी भने पूर्ण रुपमा निको भइसकेका छन् । अरु तीन जनाको देशको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि गत आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.