शनिबार बिहानै थप ३२ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५ सय ४८

रिपोर्ट नेपाल | 2020 May 23 | 09:31 am 1542

काठमाडाैं, जेठ १०ः शनिबार बिहानै नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जनामा संक्रमण पुष्टि भएकाे जनाएकाे हाे ‌। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ।

संक्रमण भेटिएकामध्ये कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बाराको करैबामाइ गाउँपालिकाका एक जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा आठ जना, चितवनको भरपुर ६ मा एक जना र काठमाडौंमा एकजना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.