व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

| 2021 Apr 19 | 01:47 pm 2577

काठमाडाैं, बैशाख ६ः  सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । साेमवार बिहान बसेकाे मन्त्रीपरिषद बैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेकाे छ ।

सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न नसकिने स्थान पनि बन्द हुने भएकाे छ । र‌गंशालाकाे हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.