वैदेशिक रोजगार व्यवसायीले कामदारको उडान बन्द गर्दा त्रिभुवन विमानस्थल सुनसान

| 2019 Jun 04 | 06:37 am 1983

काठमाडौं, जेठ २१: वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न र धरौटी रकमको ब्याज दिनुपर्नेलगायत ६ बुँदे माग पूरा नगरेको भन्दै कामदारको उडान शुक्रबारदेखि बन्द गरेका छन्। व्यवसायीले कामदारको उडान बन्द गर्दा त्रिभुवन विमानस्थल सुनसान बनेको छ।

यात्रु नभएपछि फ्लाई दुबई र एयर अरेबियाले सोमबारको उडान रद्द गरेका छन्। व्यवसायीले कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र बहराइनलगायत प्रमुख गन्तव्यमा जाने कामदारलाई नपठाएका हुन्।

उनीहरूले टिकट खरिद गरेका छैनन्। रोजगारदाताद्वारा पठाइएका टिकटसमेत रद्द गरिदिएका छन्।  आजको कान्तिपुर दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.