वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 04 | 08:30 pm 2101

काठमाडौं, असोज १८ः वैदेशिक रोजगार ठगी अभियोग लागेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका ६ माङ्खा घर भई हाल भक्तपुर च्यामासिंह बस्ने तुल बहादुर तामाङ रहेका छन् ।

४६ लाख ५० हजार ठगी गरेको वैदेशिक रोजगार कसूर मुद्दामा उनलाई वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७४ भदौ ११ को फैसला आदेशले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना ठहर भएको थियो ।

अभियुक्तलाई महाशाखाबाट खटिएका प्रहरी टोलीले शुक्रबार कामनपा २८ डिल्लीबजारमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनका लागि आइतबार सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहल पठाईएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.