वैंकिङ् कसूर मुद्दाका फरार खड्के पक्राउ

| 2022 Mar 23 | 03:07 pm 1525

काठमाडाैं, चैत ९ः वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  काठमाडौं महानगरपालिका वडा नं.१७ क्षेत्रपाटी बस्ने बर्ष ३८ का रगुन खड्के रहेका छन् ।

उनले महालक्ष्मी बिकास बैंक लिमिटेड, न्यूरोड काठमाडौंमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी
उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७ फागुन ९ मा प्रतिवादी खड्केलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा रू.३६ लाख रुपैंया जरिवाना र ७ दिन कैद हुने ठहर भएको थियाे ।

साेही क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले निज प्रतिवादीलाई बुधबार भिमसेनगोला, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला दालतमा पेश गरेको ब्यूराेले बताएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.