वैंकिङ् कसूर मुद्दाका फरार अधिकारी पक्राउ

| 2022 Feb 24 | 02:49 pm 1477

काठमाडाैं, फागुन १२ः वैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. २ बस्ने ३८ बर्षीय विश्वनाथ अधिकारी रहेका छन् ।

२०७६ र २०७७ सालमा अधिकारीले नेपाल बैंक लिमिटेड, न्यूरोडमा निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकहरुको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च
अदालत पाटनबाट मिति २०७८ कात्तिक २९ मा प्रतिवादी अधिकारीलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा रू.६२ लाख ८ हजार रूपैँया  जरिवाना र १० (दश) दिन कैद हुने ठहर भएको थियाे ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले निज प्रतिवादीलाई मिति २०७८ फागुन १२ गते जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. २ बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.