काठमाडाैं, असार १४ः वैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामेछाप सुनपाती गाउँपालिका वडा नं. ४ स्थायी वतन भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.६ जोरपाटी बस्ने बर्ष ४३ का बिनोद लामा भन्ने बिनोद घिसिङ रहेका छन् ।
उनले मेघा बैंक लिमिटेड बौद्ध शाखामा रहेको निजको खाताहरुबाट रकम भुक्तान हुने भनी उक्त बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरुलाई झुक्यानमा पारेका थिए ।
चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले वैंकिङ् कसूरका ३ थान मुद्दाहरुमा मिति२०७८/०९/२७ मा फैसला गर्दै प्रतिवादी बिनोद लामा भन्ने बिनोद घिसिङलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा २१ दिन
कैद र रु.१ कराेड २ लाख ५० हजार रुपैंया जरिवाना हुने ठहर गरेको थियाे ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले निज प्रतिवादीलाई मंगलबार काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.६ जोरपाटीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।