वृद्द ब्यक्तिको बृद्द भत्ता ठगी गर्ने पक्राउ

| 2020 Nov 13 | 07:39 pm 2192

तनहुँ, कात्तिक २८ः २०७७ कात्तिक २५ गते दिउसो वृद्ध भत्ता बुझी घर तर्फ फर्कदै गरेका तनहुँ आँबुखैरेनी गाउँपालिका ३ आँबुगाउँका ७५ वर्षीय पुन नारायण श्रेष्ठलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका ४ च्याङलीका ३९ वर्षीय बिशाल जंग शाही रहेका छन् ।

उनले डर, त्रास र धम्की देखाई दुईधारे स्थित एकान्तमा लगी ९ हजार ४ सय ठगी गरी लगेको भनि ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँमा जानकारी भए पछि अभियुक्तको हुलियाको आधारमा खोजतलास गर्ने क्रममा हिजो बिहीबार दिउँसो पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको जनाइएको छ ।

लेनदेन मुद्दाको फरार महिला पक्राउ

तनहुँ बन्दीपुर गाउँपालिका ६ घर्मपानीकी केशमाया गुरुङसँग नगद ६ लाख ७२ हजार ७ सय ८० रुपैयां रकम लिएको लेनदेन मुद्दामा तनहुँ जिल्ला अदालतको मिति २०७६ असोज ९ गतेको फैसला भई फरार रहेकी जिल्ला कास्की साबिक सिद्ध गाविस ९ छाप पाखा स्थायी घर भई तनहुँ व्यास नगरपालिका ३ महर्षीचोक बस्ने वर्ष ४० की मिना थापालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार पक्राउ गरी शुक्रबार अदालतमा पेश गरिएकोमा उक्त रकम दाखिला गर्न नसकेपछि कारागार थुनामा गएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुरोध ।

चाँडवाडको मौका पारी नक्कली सुनको गरगहना देखाई सक्कली सुन हो भनी ठगी गर्ने, लुटपाट गर्न खोज्ने, व्यक्तिहरू सक्रिय हुन सक्ने हुदाँ त्यस्ता व्यक्ति तथा समुहहरूसँग सचेत रहन र त्यस्ता क्रियाकलाप भए गरेको थाहा पाएमा तत्कालै नजिकैको प्रहरी कार्यालय वा
हटलाईन नं.१०० मा फोन गरी सुचना दिन जिल्ला प्रहरी कार्यलय तनहुँले आम नागरीकहरूमा हार्दिक अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.