वीरगंज गोल्डकप : नेपाल पुलिसको कोलकाता माथि शानदार जित

| 2023 Nov 07 | 11:37 am 2045

कृष्ण यादव

वीरगन्ज, कार्तिक २१ । वीरगंज भेट्रान्स सिटी क्लब वीरगन्जले प्रदेशकै सबैभन्दा बढी धनरासी भएको प्रथम वीरगंज गोल्डकपको आयोजना गरेको छ। वीरगन्जको आर्दशनगर रंगशालामा सोमबार भएको क्वार्टरफाईनल खेलमा नेपाल पुलिस क्लबले शानदार प्रर्दशन गरि भारत कोलकताको क्लाइभ हाउस दमदम फुटबल क्लबलाई ठूलो अन्तरले पराजित गरेको छ ।

प्रथम वीरगंज गोल्डकपको क्वार्टर फाईनलमा नेपाल पुलिस क्लबले क्लाईभ हाउस दमदम फुटबल क्लबलाई १ का विरुद्ध ७ गोलले पराजित गरेको हो।नेपाल पुलिस क्लबले खेलको पहिलो हाफमै ५ गोलको अग्रता गरेको थियो ।

नेपाल पुलिस क्लब जर्सी नम्बर ८ का प्रताप गुरुङले क्लाईभ हाउस दमदम फुटबल क्लबको विरुद्ध खेल शुरु भएको २३औं मिनेटमा गोल गरेका थिए भने पहिलो हाफमै ३ गोल गरी उत्कृष्ट प्रदर्शन गरेका थिए। विवेक सन्तोषी र प्रविन थापाले पनि पहिलो हाफमा समान एक/एक गोल गरेका थिए भने प्रताप गुरुङले ह्याट्रिकसहित एक्लैले पाँच गोल गरे थिए। ह्याट्रिकसहित एक्लैले पाँच गोल गोल गर्न सफल पुलिसका प्रताप प्लेयर अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पनि हात पारे ।

खेलको दोस्रो हाफमा पनि नेपाली पुलिस क्लबले आक्रामकता कायमै राखेको थियो । प्रताप गुरुङले दोस्रो हाफको १६औँ र १७औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिम समयमा डिबक्समा पुलिसका खेलाडीले फउल खेलेपछि क्लाइभ हाउस कोलकाताले पेनाल्टी पाएको थियो । अमन मुन्सीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । ७ गोल खाएको क्लाइभ हाउस कोलकाताले एक गोल मात्र फर्काउन सकेको थियो ।

जितसंगै नेपाल पुलिस क्लबले सेमिफाइनल खेलने पक्का भएको छ। मंगलबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र झापा फुटबल क्लबबीच हुने आयोजकले जनाएका छन् । मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशिको यो प्रतियोगिता कार्तिक २५ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालका छ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन् । वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको विजेतालाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.