वीर अस्पतालमा पनि कोरोनाकाे नमुना परिक्षण सुरू

रिपोर्ट नेपाल | 2020 Apr 11 | 05:18 pm 1738

काठमाडाैं, चैत २९ मुलुककाे जेठाे अस्पतालका रूपमा चिनिने वीर अस्पतालमा पनि कोरोना भाइरस (कोभिड १९) को शनिबारबाट नमुना परीक्षण सुरु गरेको छ ।

यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुँदै आएको परीक्षणलाई विस्तार गर्दै वीर असपतालबाट पनि परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे हाे ।

नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजदेखि वीर अस्पतालमा नमुना परीक्षण सुरु भएको र आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि नमुना परीक्षण हुने जानकारी दिए ।

उनका अनुसार देशैभर कोरोना परीक्षणको दायरा बढाइएको छ । अहिलेसम्म चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आठ सय ९७ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै अहिले देशभर आठ हजार ८२ जना क्वरेण्टीनमा छन् । काठमाडाैंमा १५ जना र उपत्यकाबाहिर ६७ जना गरी अहिले ८२ जनाको आइसोल्नशमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.