सिन्धुली, असार २८: तीन दिनदेखि लगातार परेको पानीले पहिरो खसेका कारण वीपी राजमार्गमा सयौं सवारी साधन अलपत्र परेका छन् । अविरल बर्षा भइरहेका कारण यातायातका साधन पहिरोका कारण अवरुद्ध भएका छन् ।
बीपी राजमार्ग भएर चल्ने एउटा सुमोमाथि ढुंगा खस्दा त्यसमा सवार एक जना चेपिएका छन् । तर प्रहरीले उद्दार गर्न सकेको छैन । लामाे समयदेखि यात्रु पहिरोको जोखिममा चेपिएका छन् ।
यात्रुका अनुसार प्रशासनिक निकायले उद्दारका लागि ध्यान दिन सकेको छैन जसका कारण बर्षामा रातभरी बीच बाटोमा नै यात्रुहरू बिचल्लिमा परेका बताएका छन् ।