विषालु च्याउ खाँदा एककाे मृत्यु, तीन बिरामी

रिपोर्ट नेपाल | 2021 May 27 | 05:09 pm 3337

मकवानपुर, जेठ १३: विषालु च्याउ खाँदा मकवानपुरकाे बकैया गाउँपालिका १० मा एक जनाको मृत्यु भएको छ भने तीन बिरामी परेका छन्। मृत्यु हुनेमा स्थानीय १५ वर्षीया प्रतिमा घलान रहेको छ।

अनुसार विषालु च्याउ खाएर ४० वर्षीया ठूलीमाया घलान, २० वर्षीया बास्नामाया घलान र १७ वर्षीया विपना घलान बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमाले बताए ।

प्रतिमाको स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि हेटौंडाको चुरेहिल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। अन्य तीन जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.