विश्वविद्यालयलाई नेकपाकरण गरिएको नेविसंघको आरोप

रिपोर्ट नेपाल | 2020 Jun 24 | 02:26 pm 1899

काठमाडौं, असार १०ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्र नबनाई नेकपा करण गरेको आरोप लगाएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै नेविसंघले कोभिड १९ को महामारीका कारण विद्यार्थी शैक्षिक संस्था पुगेर अध्ययन गर्ने अवस्था नरहेको र कोरोना संक्रमणको त्रासले मनोबैज्ञानीक रुपमा समेत त्रासित रहँदै तनाब र दबावमा रहेको अवस्थामा सरकारले भद्रगोल गरेको आरोप लगाइएको छ ।

६ बुँदे आरोपसहितको विज्ञप्तीको पहिलो बुँदामा पोखरा विश्वविद्यालय ९ महिना देखि भिसी रजिष्टार लगायतका महत्वपूर्ण पदाधिकारी बिहिन छ ।

नेतृत्व बिहिन हुँदा त्यहाँको शैक्षिक गतिबिधि प्रत्यक्ष प्रभावित भएको लगायतका कुराहरु उल्लेख गरिएको छ ।

(विज्ञप्ती)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.