विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष सिंहको निधन

रिपोर्ट नेपाल | 2018 Jul 22 | 02:20 pm 2194

काठमाडौं, साउन ६ : विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । सिंहको आज (आइतबार) बिहान हृदयघातका कारण निधन भएको हो ।

तीन साताअघि सामान्य ज्वरो आएर बयोधा अस्पतालमा भर्ना गरिएका सिंहको पिसाबमा संक्रमण र निमोनिया देखिएको थियो ।अस्पतालमै राखेर उपचार भइरहेका सिंहलाई हृदयघात हुँदा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सिंह नेपाली सेनाका सेवानिवृत्त जर्नेल पनि हुन् ।

सिंह पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसीसमेत रहेर लामो समय काम गरेका थिए । पछिल्लो समय नेपालमा राजतन्त्र अन्त्य भएपछि सिंह नेपाललाई हिन्दू अधिराज्य बनाउनुपर्ने अभियानमा थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.