विविध कार्यक्रम गरी २०५ औं भानुजयन्ती मनाइँदै

| 2018 Jul 13 | 06:37 am 3854

काठमाडौं, असार २९: २०५ औं भानुजयन्ती विविध कार्यक्रम गरी नेपाल र नेपालीभाषी संसारका विभिन्‍न ठाउँहरुमा मनाइँदैछ । तनहुँको चुँदी रम्घामा १८७१ साल असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म जयन्तीको अवसर पारेर विभिन्‍न साहित्यिक संघसंस्थाले साहित्यिक कार्यक्रम आयोजना गरिएका छन्। त्यस्तै विद्यालयहरुलेसमेत एकहप्ते कार्यक्रमको थालनी गरेका छन्।

प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उनको सम्झनामा प्रभातफेरी र र्‍यालीका साथै उनका कविता वाचन गरिन्छ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ। भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।

भानुका कवितात्मक भावना प्राकृतिक सिर्जनाबाट नेपाली राष्ट्रवादसँग गाँसिएका हुन्थे । लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, भीमनिधि तिवारी, हृदयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठ जस्ता स्रष्टाका प्रेरक भानुभक्त नै हुन् ।

भ्रष्ट मानसिकताविरुद्ध पनि भानुभक्तले मज्जैले कलम चलाउँथे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.