विराटनगरमा टिपर तेर्स्याएर सडक अवरुद्ध

रिपोर्ट नेपाल | 2019 Feb 01 | 04:01 pm 1785

विराटनगर माघ १८ : यही १४ गते मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् । प्रदर्शनीमा उत्रिएका व्यवसायीलाई प्रहरीले विराटनगर गेटमा रोकेपछि सडक अवरुद्ध गरेका हुन् ।

विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिपर व्यवसायीलाई प्रहरीले विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई सय टिपर सडकमा तेर्स्याएका हुन् ।

पूर्वाञ्चल टिपर व्यवसायी संघको आब्हानमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकबाट विराटनगरसम्म टिपर र्‍यालीको आयोजना गरेकाे थियाे ।

गत सोमबार सुन्दरहरैंचामा भएको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले करिब १० घण्टा निषेधाज्ञा नै जारी गरेको थियो । घटनाको विरोधमा उत्रिएका स्थानीय बालिकाको शव दिनभरी सडकमा राखेर प्रदर्शन गर्नुका साथै सातवटा टिपरमा आगजनी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.