विराटनगर महानगरको कार्यालयमा विस्फोट गराउने तीनजना पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 02 | 05:35 pm 1989

विराटनगर, भदौ १७ : भदौ विराटनगर महानगरपालिकामा बम विष्फोटन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतवार बम बिष्फोट गराउन संलग्न जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का तीनजना कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका-३ हरिनगर, नयाँ टोलका २० वर्षीय अभिमनु गिरी, मोरङ्गको जहदा गाउँपालिका-२ का हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह र सिराहाको सुखिपुर नगरपालिका-५ का २४ वर्षीइ राम रिझन यादवलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

मोरङ प्ररीले महानगरपालिकाको कार्यालष्यमा बम विष्फोट गराएको भन्दै तीनजनालाई पक्राउ गरी भूमिगत समूहको संलग्ता रहेको पुष्टि भएको जानकारी दिएको हो । दुई साताअघि महानगरपालिकाको दोश्रो तल्लाको मेयरको कार्यकक्ष नजिकै बम विष्फोट भएको थियो ।

गएको २७ साउनमा अपराहन्ह बिराटनगर महानगरपालिका ७ स्थितमा रहेको महानगरपालिकाको कार्यालयको परिसर भित्र भएको मेयरको कार्यकक्ष बाहिर पट्टकिो प्यासेजमा राखिएको सोफा मुनि बम बिष्फोटन गराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.