विराटनगर झडपमा प्रहरीसहित १० बढी घाइते, ८१ सेल अश्रुग्यास प्रहार

रिपोर्ट नेपाल | 2023 Apr 22 | 05:44 pm 1093

मोरङ, बैशाख ९ः पहिचान पक्षधर र प्रहरीबीचको झडपले आज (शनिबार) मोरङको विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेश नामाकरणको विरोधका क्रममा गत चैत ५ गते मृत्यु भएको पदम लिम्बूको शव सहर परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । शवलाई निषेधित क्षेत्रमा लान खोजिएपछि प्रहरीले रोकेपछि झडप भएको हो ।

झडपमा प्रहरीसहित १० जना घाइते भएका छन् । तीन-तीन जना नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य आन्दोलनकारी गरी १० जना घाइते भएका हुन् । प्रहरीले हालसम्म ८१ सेल अश्रृग्यास प्रहार गरेको छ ।

आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेपछि प्रहरीले असुर अश्रु ग्यास प्रहार हो । झडपमा घाइते आन्दोलनकारी र प्रहरीको विराटनगरका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.