विमान दुर्घटना हुँदा दुई चालकसहित १७ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Aug 08 | 07:16 am 1791

एजेन्सी, साउन २४ः शुक्रबार राति एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

भारतमा भएको उक्त दुर्घटनामा परी दुई जना विमान चालकसहित १७ जनाको मृत्यु भएको हो । चालक दलका ४ सदस्यको भने सकुशल उद्दार गरिएको छ । युएईबाट चालक दलका सदस्यसहित १ सय ९० यात्रु बोकेर आउँदै गरेको एअर इन्डिया फ्लाइट आइएक्स १३४४ रनवेबाछ चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । विमानमा १० जना बालबालिका रहेका थिए ।

एअर इन्डिया र विमानस्थलका अधिकारीको छुटै दुई टोलीले उक्त घटनाको छानबीन गर्ने भएको छ । दुर्घटनाबाट उद्दार गरिएका करिब १ सय ६० घाइते यात्रुको उपचार भइरहेको छ जसमध्ये केहीको अवस्था गम्भीर छ ।

विमानमा सवार २६ जना युएईमा रोजगारी गुमेर घर फर्किँदै थिए भने २८ जना भिजा सकिएर फर्किँएका थिए । त्यस्तै, ५४ जना युएई घुम्न गएकाबेला कोरोना महामारीका कारण उतै रोकिएका थिए । ६ जना स्वास्थ्यमा समस्या दखिएका कारण घर फर्किदै थिए भने तीन जना विवाहका लागि आएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.