विभिन्‍न घटनामा संलग्‍न एक्काइस फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 20 | 11:52 am 3281

स्याङ्जा,फागुन ८ : सामाजिक रुपमा विकृति विसंगति र अपराधिक कृयाकलाप जस्ता विभिन्‍न घटनामा संलग्‍न रहेका २१ जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए अनुसार जिल्लाका विभिन्‍न स्थानमा जघन्य घटना घटाई फरार रहेका ती अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय तथा त्यसअन्तर्गतका प्रहरी एकाइबाट परिचालित प्रहरीले पक्राउ गरेको बताए ।

यस वर्षमा मात्रै प्रहरीले सार्वजनिक अपराध मुद्दाअन्तर्गत पाँच, बहुविवाहमा पाँच, कर्तव्य ज्यान मुद्दामा चार, अंशवण्डामा दुई तथा जर्बजस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध र ठगीमा संलग्न एक/एक फरार अभियुक्तलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.