विभिन्न हातहतियार सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 18 | 09:05 pm 1736

बझाङ, असार ४ः सुर्मा गाउँपालिका-२ गजौन बस्ने ३२ वर्षीय लोक बहादुर बोहरा र सोही ठाउँ बस्ने २१ वर्षीय निर्मला विसीलाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट लोड अवस्थामा रहेको एकनाले भरुवा वन्दुक १ थान, सोही बन्दुकको छर्रा २ सय ९३ थान, बारुदको डिब्बा ४ वटा, खुकुरी १ थान, हसिया १ थान, चक्कु १ थान, हतियार धारिलो बनाउने ढुङगा १ थान, टर्च १ थान, मोबाइल १ थान र फलामको किला १ थान प्रहरीले बरामद गरेको छ।

दुवै जना उपर भएको बहु बिवाह मुद्दामा संलग्न रही वारदात मितिदेखि नै फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा विशेष सूचनाको आधारमा प्रहरी चौकी दौलीचौरबाट खटिएको प्रहरीले सुर्मा गाउँपालिका-२ स्थित ओढारमा लुकीछुपी बसेको अवस्थामा दुवैजनालाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी स्याङजाकाे वालिङ नगरपालिका-८ मास्कीडाँडा बस्ने ३० वर्षीय रन बहादुर मास्की रानालाई एक नाले भरूवा बन्दुक १ थान र सोही बन्दुकमा बारूद छर्रा भर्न प्रयोग हुने रङ् सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रानाले घर कोठाभित्र हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ व्यक्ति उपर जिल्ला अदालत स्याङजाबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.