विभिन्न मुद्दाका ६ जना फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 14 | 06:54 pm 2221

तनहुँ, चैत १ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये चोरी मुद्दामा कैद भुक्तान नगरी फरार रहेका १ जना, बहुबिवाह मुद्दामा कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार
रहेका २ जना, अंश माना चामल मुद्दामा फरार रहेका १ जना, लिखत वेईज्यती मुद्दामा फरार
रहेका १ जना र अंश मुद्दामा फरार रहेका १ जना रहेका छन् ।

उनीहरुलाई ईकाई कार्यालय भानु मुकाम डुम्रे तनहूँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी तोकिएको जम्मा ७ दिन कैद र जम्मा १५ हजार ३ सय ८६ जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.