विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ तथा शव फेला

| 2021 Nov 11 | 06:37 pm 1425

सप्तरी, कात्तिक २५ः विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले बिहीबार सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ भन्सार ईलाकाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको रुपनी गाउँपालिका ६ बस्ने २६ बर्षीय श्यामकुमार बि.क. र २४ वर्षीय दिपेश चौधरी रहेका छन् ।

स ५ प ६९६० नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेपाम ६ एम्पुल, फेनेगन ६ एम्पुल र लीगेसिक ६ एम्पुल फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

शव फेला
मोरङ्ग जिल्लाको रंगेली नगरपालिका ७ स्थित बक्राह खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका भारतीय नागरिक १८ वर्षीय राजकुमार साहको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खोजी तथा उद्वारका लागि खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.