विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

| 2021 Sep 06 | 07:48 pm 3257

सप्तरी, भदाै २१ः जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको अग्निसाईर गाउँपालिका १ बस्ने २० वर्षीय अर्जुन खङ्ग र २८ वर्षीय शंखर खङ्ग रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेपाम इन्जेक्सन ८ एम्पुल, फेनारागन इन्जेक्सन ७ एप्पुल र लुपिजेसिक ७ एम्पुल फेला पारेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

नदिमा डुवेर बेपत्ता भएकाको शव फेला 
पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका ४ मधुवनस्थित गाह नदिमा बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही गाउँपालिका ४ अमरपट्टि बस्ने २० वर्षीय हरिओम दास उक्त नदिमा डुवेर बेपत्ता भएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर
आउट पोष्ट प्रसौनीभाटाबाट खटिएको सशस्त्र प्रहरीले उनको शव सो नदिमा फेला पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.