पोखरा, असोज २५ : नेपाल प्रहरी संगठनले आफ्नो ६३ औँ स्थापना दिवस देशै भर विभिन्न कार्यक्रम गरी मनाएका छन् । पोखरामा पनि विभिन्न कार्यक्रम गरी ६३ औँ स्थापना प्रहरी दिवस मनार्ईएको छ ।

पोखरा उपत्यका स्थित केदारेश्वर, बिन्दबासिनी, भद्रकाली मन्दिरहरूको सरसफाइ, रक्तदान, श्रद्धाञ्जली तथा पुन:र्मिलन कार्यक्रमहरू गरी मनाइएको छ ।

संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी साे अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सहभागी भएका थिए ।


