विप्लवहरुको गतिविधि धेरै दिन टिक्दैन : मन्त्री ज्ञवाली

रिपोर्ट नेपाल | 2019 Mar 08 | 04:46 pm 1390

बुटवल, फागुन २४ :  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विप्लव समूह राजनीतिक आवरणमा हिंसात्मक गतिविधि र चन्दा असुलीको माध्यम बनेको अरोप लगाएका छन् । गुल्मी क्षेत्र नम्वर १ का जनप्रतिनिधिहरुलाई सम्बोधन गर्न शुक्रवार गृहजिल्ला गुल्मी आएका परराष्ट्रमन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

‘कसले चन्दा दियो, कसले दिएन भन्दै गरिने हिंसा राजनैतिक आवरण मात्रै हो’ उनले भने, ‘त्यस्ता गतिविधिले अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत तर्साउन खोजिएको छ, यसबाट मुलुकको हित हुँदैन र सरकारले त्यस्ता गतिविधि गरिरहन दिँदैन ।’

त्यस्ता हिंसात्मक गतिविधिले केहि मानिसहरुलाई केहि समय जुर्मुराउने बनाए पनि धेरै दिन नटिक्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.