विप्लवद्वारा नेपाल बन्दसहितको ४ दिने आन्दोलनका कार्यक्रम घोषणा

रिपोर्ट नेपाल | 2019 Jun 21 | 04:32 pm 1633

काठमाडौं, असार ६ : नेत्रविक्रम चन्द विप्लव समूहले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकाले गोली हानि हत्या गरेको भन्दै विप्लव समूहले नेपाल बन्द सहितको ४ दिने आन्दोलन गर्ने जनाएको हो ।

शुक्रबार  जारी विज्ञप्तिमा सर्लाहीको लालबन्दी वडा नम्बर १ लखन्ती खोलामा साथी कुरेको अवस्थामा नियन्त्रणमा लिएर एक गोली हातमा र एक गोली टाउकोमा प्रहार गरेको विप्लव समूहले जनाएको छ । यसअघि प्रहरीले भने पौडेल दोहोरो भिडन्तमा मारिएका बताएको थियो ।

जारी विज्ञप्तिमा असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा र घरदैलो र ९ गते मसाल जुलुस निकाल्ने र असर १० गते नेपाल बन्द गर्ने पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पौडेल हत्याकाण्डको छानबिनको माग समेत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.