विप्लवका पूर्व सेक्रेटरीमाथि कुटपिट

रिपोर्ट नेपाल | 2019 May 29 | 09:17 am 1787

काठमाडौं, जेठ १५: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ताताले सिन्धुलीमा आफ्नै पुर्व सेक्रेटरीमाथि कुटपिट गरेका छन् । कुटपिट पर्नेमा ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनकी श्रीमती ३० वर्षीय गंगा रहेका छन् ।

गाउँपालिकामा आफ्नो काम सकेर फर्किएका  घिमिरको दम्पत्तिलाई चन्द समूहका कार्यकर्ताताले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् । घिमिरे चन्द समूहको जनकपुर ब्युरो सदस्य तथा सिन्धुली र महोत्तरी जिल्ला सेक्रेटरी रहेर काम गरिरहेका  थिए ।

हरिहरपुरगढी गाउँपालिकामा आफ्नो व्यक्तिगत काम सकेर साँझ घर फर्किने क्रममा चन्द समूहका कार्यकर्ताले कुटपिट गर्दा घिमिरे दम्पत्तिको हातमा गहिरो चोट लागेको प्रहरीले जनाए ।

घाइते घिमिरेले ६ महिनाअघि विप्लव समूह परित्याग गरेका थिए । उनिहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.