विप्लव समुहका जिल्ला कमिटी सदस्य पक्राउ

| 2019 Oct 26 | 03:43 pm 1682

सल्यान, कात्तिक ९: सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।

बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले शनिबार बिहान गिरफ्तार गरेको हो ।

उनलाई घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको परिवार स्रोतले जनाएको छ । पक्राउ परेका डाँगीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको सल्यान प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए ।

बम विस्फोट, हातहतियार र आगजनीको मुद्दामा डाँगीलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिए । हिरासतमा राखेर उनको अनुसन्धान भैरहेको बुझिएको छ । सरकारल २०७५ फागुनमा नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि सल्यानमा नेकपाका दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परीसकेका छन् । पक्राउ परेका सबैलाई अदालतको आदेश र प्रशासनको धरौटीमा रिहा भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.