विप्लव समूहको नेता भएको आरोपमा ‘रसुवाली कवि’ पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 15 | 03:40 pm 1985

काठमाडौं, वैशाख २ : रसुवाली कविका नामले परिचित साहित्यकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता भएको भन्दै उनलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा विप्लव नेता तथा रसुवाका जिल्ला कमिटी सदस्य तिमिल्सिनालाई पक्राउ गरेको हो ।

कालिका गाउँपालिका ३ का तिमिल्सिना काम विशेषले काठमाडौँ आएको बेला काठमाडौँ महागरपालिका १६ बालाजुको हिलेगाउँबाट पक्राउ परेका हुन् । पक्राउ परेका तिमिल्सिनालाई सशस्त्र प्रहरीको टोलीले प्रहरीलाई महानगरीय प्रहरी वृतलाई बुझाउन लागेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.