काठमाडौं, कार्तिक २४ : नेत्रविक्रम चन्द (विप्लव)समूहका ११ कार्यकर्ता पक्राउ परेका छन् । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भू–भाग समेटेको विरोधमा प्रदर्शन गर्नेक्रममा उनीहरुलाई आइतबार माइतीघरबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका विरुद्ध उच्छृङ्खल गतिविधि गरेको आरोप छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
विरोध प्रदर्शनका लागि काठमाडौंका ४ सरकारी स्कुलबाट बालबालिकासमेत लगिएको खुलेको छ । बालबालिकालाई प्रदर्शनमा लैजानेको खोजी भइरहेको डिएसपी बोगटीले बताए ।