विप्लव समूहका प्रवक्ता एवं पूर्वमन्त्री विश्वकर्मा पक्राउ

| 2018 Aug 08 | 02:34 pm 3128

काठमाडौं, साउन २३ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको हो ।

जबर्जस्ती चन्दा उठाएको आरोपमा राजधानीबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

स्रोतका अनुसार काठमाडौँ आउने क्रममा उनलाई मंगलबार साँझ ७ बजे नागढुंगाबाट पक्राउ गरिएको हो । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । उनी तत्कालीन माओवादीबाट मन्त्री भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.