विप्लव समुहका पाँच कार्यकर्ता चितवनबाट पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 28 | 10:37 am 3611

चितवन, साउन १३ः सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समुहका ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन जिल्ला इन्चार्ज लालबहादुर विसी, दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई सादा पोशाकमा खटिएको प्रहरीको बिशेष टोलीले पक्राउ गरेको बताइएकाे छ ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) वसन्तकुमार लामाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.