विप्लव समुहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

| 2019 Jul 21 | 07:19 am 1803

काठमाडौं, साउन ५:    सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव)  समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ ।

पछिल्लाे समय वार्ता प्रक्रियामासमेत सक्रिय रहेका लामालाई प्रहरीले विशेष सूचनाको आधारमा राजधानीको काँडाघारीबाट आइतबार राति पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामालाई राती साढे १२ बजे पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले राजधानीका विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा लामाले निर्देशन दिने गरेको दाबी गर्दै पक्राउ गरिएको जनाएको छ । नेता लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । माइला लामा विप्लवका अत्यन्तै निकटस्थ र पार्टीका प्रभावशाली नेता मानिन्छन् ।

प्रतिबन्ध लगाउनुअघि राजधानीको तीन स्थानमा विप्लव समूहले बम विस्फोट गराउँदा ६ जनाले ज्यान गुमाएका थिए । सरकारको प्रतिबन्धपछि विप्लव समूहका शीर्ष नेतासहित ५ सय भन्दा बढी नेता प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.