विप्लव नेकपाका पोलिटब्यूरो सदस्य बमसहित पक्राउ

रिपोर्ट नेपाल | 2019 May 08 | 06:22 pm 2291

काठमाडौं, वैशाख २५ : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकमा माओवादीका पोलिटब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख (एसपी) अरुण पौडेलका अनुसार उनी बमसहित नेपालगन्जको जानकी गाउँपालिका–६ गहनापुरबाट बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

भरत बम विप्लव समूहका सुदर्शन वलीपछि पक्राउ पर्ने दोस्रो ठूला नेता हुन् । उनी नेता प्रकाण्डसँगै जनयुद्ध लडेका नेता हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.